सहिदहरूको आँसु
देशका लागि बगेका ती आँसु आज पनि माटोले सम्झिरहेछ सहिदका अधुरा सपनाहरू हावाले हामीलाई सुनाइरहेछ।
आमाको आँखामा पीडा छ बुबाको मुटुमा मौनता तर तिनकै बलिदानले बाँचेको छ देशको स्वतन्त्रता।
रगतले लेखिएको इतिहास कहिल्यै मेटिन नदिनू सहिदका ती अमूल्य सपनालाई स्वार्थमा बेचिदिन नदिनू।
आज उनीहरू छैनन् हामी सँग तर उनीहरूको आवाज बाँकी छ देशलाई राम्रो बनाउने एउटा ठूलो जिम्मेवारी बाँकी छ।
हे सहिद! तिम्रा आँसुहरू हाम्रो आँखामा झरिरहनेछ तिम्रा अधुरा सपनाहरू हामीले पूरा गरिरहनेछौँ।
तिमीले दिएको बलिदानलाई शिर झुकाएर सम्मान गर्छौँ,देश र मातृभूमिको माटोलाई सधैँ हृदयमा राख्ने प्रण गर्छौँ।
🖋️ विपन बराइली
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By Bipan Baraily
All rights reserved. Content may not be reproduced without permission.