ओहो म ता भूँईफुट्टा
कवि पो रहेछु,
उम्रन्दैछु भूरुरू
लुकेको पंख म भित्रै भेटी,
ऊड्दैछु फूरूरू।।
आकाश छुने लक्ष हो मेरो ,
अवश्य एकदिन छुने छु,
मायाको मूल फुटाई एकदिन,
दु:खीको दु:ख धुनेछु।।
म भित्रै रहेछ सुन्दर बगैंचा,
फुल अनेक थरी फुल्दैछन्।।
मनका मौरी भमरा आई,खुसीले त्यहाँ झुल्दैछन्,।।
शीतल पावन आफैंमा भेटें ,
शान्तिले सास फेर्दैछु
सूर्य र चन्द्र म भित्रै रहेछन्
नियाली तिनलाई हेर्दैछु
आफ्नै आँखाको सागरले भन्छ,
एकपल्ट त्यसमा डुबेर हेर,
अमूल्य छ है जीवन तिम्रो,
नफाल्नु त्यसै खेर।।
मानव चोला पाईन्न हतपत,
गर्नू छ आजै धेरै काम
बिस्तारै ऊमेर बितिरहेछ,
डुब्न लागेछ घाम।।
शरीर त मात्र आत्माको घर हो,
छोडेर एकदिन जानु छ
धन र पैसो जाँदैन साथ,
सत्कर्म मात्र लानु छ ।
मिना ढुंगेल
सोनादा
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By mina dhungel
All rights reserved. Content may not be reproduced without permission.