जन्तर मन्तरमा न्यायको आवाज
कति रात निद्राविना बितायौँ,
कति सपना किताबमै सजायौँ।
आमाको विश्वास बाबुको पसिना,एउटै लक्ष्य—डाक्टर बन्ने सपना।
तर एकैछिनमा सबै भत्कियो,प्रश्नपत्र चुहियो, न्याय हरायो।
हाम्रो मेहनतलाई किन बेचियो?सपनाको मूल्य किन घटाइयो?
जन्तर–मन्तरमा उभिएका हामी,क्रोध लिएर होइन, सत्य लिएर आयौँ।
हातमा प्लेकार्ड, मनमा घाउ,सरकारसँग न्यायको याचना गरायौँ।
हे शिक्षा मन्त्री!
हामी अपराधी होइनौँ,देशको भविष्य हौँ।
हाम्रो आवाज नसुनिएभोलिको भरोसा कसरी जिउँ?
हे सरकार!
हामीले परीक्षा होइन,अन्यायसँग लडाइँ दियौँ।
हाम्रो पसिनाको सम्मान गर,सत्यलाई फेरि एकपटक जिताऊ।
विद्यार्थीको आँसु कमजोर हुँदैन,त्यो भविष्यको इतिहास बन्छ।
न्याय ढिलो हुन सक्छ,तर सत्य कहिल्यै हार्दैन।
आज जन्तर मन्तर गुञ्जिरहेको छ हाम्रो मेहनतको अपमान नगर,
हाम्रो सपनाको व्यापार नगर।
हामी न्याय माग्छौँ, दया होइन,हामी अधिकार माग्छौँ, उपकार होइन।
🖋️ विपन बराइली
Have a tip on this story?
WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.
© 2026 Khabar Darjeeling
By Bipan Baraily
All rights reserved. Content may not be reproduced without permission.