logoखबर दार्जिलिङ
Voice of People

'नयाँ उज्यालोको पर्खाइ'

RB
June 25, 2026Darjeeling, Kalimpong3 min read👁 84

ुनाव अगाडिको कालेबुङ्ग, दोर्जिलिङ्ग उर्फ गुन्द्री बजार स्याटिस उदास थियो। बजारमा मात्र होइन गाउँ बस्तीमा स्मेत शान्तीपन खुसीपन हराई सकेको थियो। एउटा मात्र कुराको चिन्ता (बेरोजगारी) कसै बङ्लोरे, बिहार, नेपाल जान बाध्य बनेका घरमा बुबालाई चिनीको बिमारी अनि आमाले कमाएकी पैसाले स्वास पनि किन्न गाह्रो भएको कारणले गर्दा आफ्नो ठाँउ बाट पलायन हुन बाध्य भएका जिउँदो आत्माहरु को शान्तिपन चुनाव अघिको शान्तिपन।

यस्तै जिउँदो आत्मा बिचमा एक थिए -रेमन्ड।

रेमन्ड कालेबुङ्गको निम्न मध्यमवर्ग परिवार बाट जन्म लिएका थिए अप्पर छिब्बो बस्ती उन्को ठेगाना ।

दोर्जिलिङ्ग आलूवारि मा बस्ने गर्थे चाँदनी एक मात्र उस्को स्व्प्नको परि बर्सोदेखि माया थिए। मायाले संसार थाम्दैन भने जस्तै रेमन्ड आफ्नो घरको परिस्थिति अनि पहाडको भविष्य देखे पछि स्नातक उतार्ने गरे पनि केही मौका म पाए पछि बङ्लोर जान बाध्य बनेका थिए। पहाडमा हुने पटक-पटक आन्दोलन तर बिषय बिनाको समस्यामा पनि आमा अनि बाबाले छोराले केही गर्छ भनी "बन्धन" निकालेर गाएको बङ्लोर। आज 05 साल लागेछ।

चाँदनी लामो स्वास फेर्दै चलभाषको भिडियो कलमा सधैं सोध्ने गर्छ रेमन्ड "कहिले फर्किने तिमी घर?"

तर रेमन्डले सधैं एउटै उत्तर दिन्थे यो २०२६ को चुनावको समय। रेमन्ड रमाउदै भन्ने गर्थे चाँदु यो 2026 को चुनावमा त्यहाँ भाजपा(BJP) को सरकार आए पछि पहाडको रङ्ग बद्लिने छ। साथै नयाँ उजल्योले अव्लोक्न गर्छ भन्छ अनि नि हाम्रो स्थाई राज्नितीको समाधान साथै थुप्रै कल कार खानाहरु बनिने छ। अनि म पनि सधैंको लागि आउने छु फर्केर घर अनि नि चाँदु..... लजाउदै रेमन्ड हामी बिहे गरौं ल?

यता रेमन्डको घरमा बिरामी बाबा अनि आमा खबर दार्जीलिङको खबर सुन्दै अब बिना यस पाली त राज्य र केन्द्रमा एउटाै सरकार होला जस्तो छ है । हामी निमुखाको दिन फर्किन्छ कि है बिना अब बिना... आमा मोन......

तर यसपाली भने गाउँका सोझो निमुखा ज्न्ता ल्गाय्त शह्ररका सबै पस्लेहरुको मनमा बलियो अशा थियो। सबैले यहि सोच्ने गर्थे भाजपाले जिते पछि पहाडमा परिवर्तनको नयाँ किरण छरिने छ। अनि बाहिरिएकाहरु जिउँदो आत्माहरु पुन: फर्किनेछ आफ्नो थलोमा।

अब सम्पुर्ण पहाड संगै रेमन्डको पनि सपना घर फर्किने बिहे गर्ने अनि बाबा आमाको सेवा गर्ने।

​मे २०२६ मा जब चुनावी परिणाम आयो, पहाडमा उत्सवको माहौल छायो। दार्जीलिङ, कालिम्पोङ र खरसाङ तीनै वटा क्षेत्रमा भाजपाका उम्मेदवारहरूले ठुलो मतले जिते। बजारमा विजय जुलुस निस्कियो, अबिर उड्यो, र खुसीयाली मनाइयो। बाहिर सहरहरूमा बसेका रेमन्ड जस्ता हजारौँ नेपालीभाषी युवाहरूले सोचे— अब हाम्रो घर फर्किने दिन आयो।

​तर... समय सधैं सोचे जस्तो कहाँ चल्छ र?

चुनाव सकिएको केही महिना बित्यो। पहाडका भित्ताहरूमा टाँसिएका चुनावी पोस्टरहरू बिस्तारै पानीले भिजेर च्यातिए। तर, जसरी ती पोस्टरका रङ्गहरू उडे, त्यसरी नै जनताका सपनाहरू पनि बिस्तारै फिक्का हुन थाले।

​राजनीतिक कुराकानीहरू दिल्ली र कोलकाताको प्रशासनिक टेबुलमै अल्झिरहे। चिया कमानका श्रमिकहरूको समस्या जस्ताको तस्तै रह्यो। ग्रामीण भेगका सोझा मानिसहरूले बुझे कि 'नयाँ उज्यालो' को नारा चुनाव जित्ने एउटा हतियार मात्र थियो।

ब्याङ्गलोरको एउटा साँघुरो कोठामा बसेर फेरि रेमन्डले चाँदुलाई फोन गर्‍यो।

​ यहाँ त चुनाव पछि पनि केही फेरिएन रेमन्ड । नेताहरू गाडी र सुरक्षामा हिँड्छन्, तर तिमीहरू जस्ता युवाका लागि यहाँ अझै पनि कुनै जागिर छैन।"

​रेमन्डले लामो सास फेर्दै भन्यो, "मैले बुझेँ चाँदु।

पहाडको कुइरो र नेताको आश्वासन एउटै रहेछ— हेर्दा सुन्दर, तर हातमा केही नपर्ने। म भोलि नै तिम्रो बुबासँग कुरा गर्छु। म घर त आउँछु, तर पहाडमा बस्न होइन, तिमीलाई पनि यहीँ शहरमा सँगै लैजान। हाम्रो पहाड त अब केवल छुट्टीमा घुम्न आउने ठाउँ मात्र भयो।"

​कालेबुङ्ग् अप्पर छिब्बो बस्तीको एउटा कुनामा रहेक घर टिनको छाना माथी कालो शिसाले डाकेको बन्धन तिरदा-तिरदा डुबेको रेमन्डको बिरामी बाबा अनि आमा फेरि सुनसान घरमा टोलाएर बस्न थाले। चुनाव सकियो, सरकार बदलियो, तर पहाडको नियति, त्यो बेरोजगारीको आँसु र रैथानेहरूको बाध्यता भने उस्तै रह्यो। उज्यालोको आशा बोकेको पहाड फेरि त्यही कुइरोभित्र हरायो।..........

Have a tip on this story?

WhatsApp Khabar Darjeeling at our channel or email nowanad@gmail.com. Your identity will be protected.

Tags:Voice of PeopleKalimpongDarjeeling

💬 Comments (0)

?
💬

No comments yet

Be the first to share your thoughts!

© 2026 Khabar Darjeeling

By Raymond Basnet

All rights reserved. Content may not be reproduced without permission.